images
images

नेपाल वेयरहाउजिङ्गको आईपीओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?


  • 472
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    नेपाल वेयरहाउजिङ्गको आईपीओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?

    काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपीओमा १२ लाख बढीले आवेदन दिएका छन् । सिडिएसको अनुसार आइपीओमा आज अन्तिम दिनसम्म १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ अर्ब ३६ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताको लागि आवेदन दिएका हुन् ।

    कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

    सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

    त्यसैगरी, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको हो ।


    images
    images

    Logo