images
images

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो


  • 529
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

    काठमाडौं । बुधबार नेप्से परिसुचक घटेर बन्द भएको छ । ससोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.९३ अंकले घटेर १ हजार ८ सय ७६ दशमलव ६० विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ८५ स्क्रिपको १ अर्ब १ करोड रुपैयाँ बराबरको ३३ लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज ४२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ९० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    यस दिन १३ उपसमूहको मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.१३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया डिबेञ्चरको ५ करोडमाथिको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    नेप्से घटेपनि यस दिन विजय लघुवित्तको शेयरमूल्य करिब ९.८८ प्रतिशत बढेको छ । अन्य कम्पनीहरुको शेयरमूल्य ४ प्रतिशतभन्दा कम रहेको छ । 

     

     

     


    images
    images

    Logo