काठमाडौं । बुधबार प्राविधिक समस्याका कारण खुल्न नसकेको शेयर कारोबार झण्डै २५ मिनेट ढिला गरी खुलेको छ। समस्या समाधान भएसँगै ११ः२५ देखि मात्रै शेयर कारोबार खुलेको हो ।
बुधबार विहान प्रि ओपन सेसनमा समेत शेयर कारोबार हुन सकेको थिएन। अहिले नियमित कारोबार भने खुलेको छ। तर नेप्सेको वेबसाइट भने अझै डाउन छ।
बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुगेको हो । यस दिन नेप्सेले कारोबार अवधि २४ मिनेट थप गरेको हो। अर्थात यस दिन बजार ३ बजेर २४ मिनेटसम्म खुल्नेछ।