काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सिस्टममा समस्या देखिएको छ। जसका कारण बुधबार साढे ११ बजेसम्म पनि सेयर कारोबार खुल्न सकेको छैन ।
बुधबार प्रिओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो। समस्या समाधान नहुँदा नियमित कारोबार समेत खुलेको छैन भने लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भएका छन्।
प्राविधिक समस्याका कारण शेयर कारोबार हुन नसकेको र कारोबार खुलाउन प्रयासरत रहेको नेप्सेले जनाएको छ।