images
images

नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 377
    SHARES
  • २०८० मंसिर १३ गते बुधबार

    नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । नेपाल वेयरहाउजिङको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर १० गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अथात् कात्तिम १३ गते अन्तिम दिन रहेको हो । 

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

    त्यस्तै, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५ सय  कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ६८ लाख ७५ हजार ५ सय बराबरको ६८ हजार ७ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको हो।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

     

     


    images
    images

    Logo