काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ। बोर्डले नबिल बैंकलाई ९ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘नबिल डिभेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन तथा बिक्री गर्न मंसीर १० गते अन्तिम स्वीकृति दिएको हो।
बोर्डबाट स्वीकृति पाएसँगै बैंकले अब ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने छ। ऋणपत्रको अंकित मूल्य प्रति कित्ता १ हजार रुपैयाँ हो। १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र बैंकले विभिन्न कम्पनी तथा संस्थालाई बिक्री गर्ने छ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र भने सर्वसाधारणलाई बिक्री गरिने छ।
बैंकको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।