काठमाडौं । मंगलबार नेप्से परिसुचक घटेर बन्द भएको छ । पछिल्लो कारोबार दिन अरोलो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१७ अंकले घटेर १ हजार ८ सय ९४ दशमलव ५३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ९० स्क्रिपको १ अर्ब २८ करोड रुपैयाँ बराबरको ४७ लाख २७ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १ अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज १ सय २ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २६ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर छ ।
मंगलबार होटलमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। यस दिन होटल समूहको सूचक ३.३३ प्रतिशतले बढेको छ। अन्य ४ उपसमूहको सूचक सकारात्मक हुँदा ८ उपसमूहको सूचक नकारात्मक छ।
आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।आज सोल्टी होटल्सको ६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बुद्धभुमी नेपाल हाइड्रोपावरको ९.९७ प्रंतिशतले बढेको छ । मन्दकिनी हाइड्रोपावरको ८.९२ प्रतिशतले बढेको छ भने ताराँगाउँ रेजेन्सीको ८.२४ प्रतिशतले बढेको छ ।



