images
images

त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ? 


  • 1.1K
    SHARES
  • २०८० मंसिर १२ गते मंगलबार

    त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत, ओपनिङ रेञ्ज कति ? 

    काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । मंगलबार कम्पनीको  १ करोड ८५ लाख २५ हजार कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    जसमा सर्वसाधारण (कर्मचारीसहित)को ३७ लाख ५ हजार कित्ता (२० प्रतिशत) र संस्थापकको १ करोड ४८ लाख २० हजार कित्ता (८० प्रतिशत) रहेको छ।

    नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम ८९.३८ रुपैयाँ  र अधिकतम २६८.१४ रुपैयाँ सम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । जलविद्युतको आईपीओ नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

    आईपीओ निष्कासनको लामो समयपछि जलविद्युत कम्पनीको शेयर भोलिबाट कारोबारमा आउने भएको हो। 

     

     


    images
    images

    Logo