images
images

बुक क्लोजअघि आज ग्लोबल आईएमई बैंक शेयर अन्तिम कारोबार हुँदै


  • 517
    SHARES
  • २०८० मंसिर १२ गते मंगलबार

    बुक क्लोजअघि आज ग्लोबल आईएमई बैंक शेयर अन्तिम कारोबार हुँदै

    काठमाडौं । प्रस्तावित लाभांशका लागि बुक क्लोज हुनुअघि आज ग्लोबल आईएमई बैंकको शेयरको अन्तिम कारोबार हुँदैछ । बैंकले दोस्रो बजारमा बुधबारका लागि बुक क्लोजको मिति तय गरेपछि आज अन्तिमपटक कारोबार हुन लागेको हो । 

    आज बजारमा कारोबार भइ कायम अन्तिम मूल्यका आधारमा मूल्य समायोजन हुनेछ । यो वर्ष ग्लोबल आईएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी कायम हुनु पर्नेछ । 

    नेपाल स्टक एक्सचेञ्जमा नगद लाभांशको मूल्य समायोजन नहुने तर बोनस शेयरको मूल्य भने समायोजन भएर घट्ने व्यवस्था छ । आजसम्म कायम शेयरधनीलाई प्रतिशेयर ८ रुपैयाँ प्राप्त हुनेछ । बजारले करेक्सन गरेको अवस्थामा बाहेक यो नाफा हो । 


    images
    images

    Logo