काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ११ लाख ४८ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको उक्त आईपीओका लागि आजसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर मंसिर ८ गतेदेखि निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये, कम्पनीले पहिलो चरणमा सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । र बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा मंसिर १२ गते (आज) सम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।
मुक्तिनाथ कृषि कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ ।



