काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओमा ८१ करोड ७१ लाख ९२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्ममा ७ लाख ५२ हजार १ सय १९ जनाले ८१ लाख ७१ हजार ९ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।
जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्याको तुलनामा ७.१६ गुणा बढी हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात आजदेखि सर्वसाधारणका लागि हिजो मंसिर १० गतेबाट आईपीओ निष्कासन गरेको हो।
त्यसैगरी, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५ सय कित्ता शेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५ सय बराबरको ६८ हजार ७ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ।
यो कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा मंसिर १३ गते हुनेछ भने ढिलोमा मंसिर २४ गते हुनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।



