images
images

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट 


  • 419
    SHARES
  • २०८० मंसिर ११ गते सोमबार

    नेप्सेसँगै कारोबार रकममा पनि गिरावट 

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो तीन कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन घटेर बन्द भएको हो।

    नेपाल स्टक एकसचेञ्ज (नेप्से) ११.२७ अंकले घटेर १ हजार ८ सय ९६ दशमलव ६७ विन्दुमा पुगेको छ । आज २ सय ९० स्क्रिपको १ अर्ब ७५ करोड रुपैयाँ बराबरको ६० लाख १७ हजार कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार २ अर्ब १ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    आज कारोबारमा आएका ६५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६६ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, लगानी, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ९४.१२ अंक घटेको छ।

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, रिलायबल नेपाल लाइफको ७ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्रभु बैंकको ५ करोड २६ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।

    सोमबार अपर साङगे हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन अभियान लघुवित्त र माथिल्लो मैलुङ्ग खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने शुभम् पावर र विशाल बजार कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

     

     

     


    images
    images

    Logo