काठमाडौं । आइतबार नेप्से १९ सय विन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.७५ अंकले बढेर १ हजार ९ सय ७ दशमलव ९५ विन्दुमा पुगेको छ । गत विहीबारसम्म १८६०.२० विन्दुमा रहेको नेप्से आज सो अंकले बढेर १९ सय विन्दुमा पुगेको हो ।
आइतबार २ सय ९४ स्क्रिपको २ अर्ब १ करोड रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत विहीबार १ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । नेप्सेमा २ महिनापछि २ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो। यस अघि असोज ९ गते कारोबार रकम २ अर्ब नाघेको थियो।
आज २ सय १४ कम्पनीको शेयर मूल्य बढेको छ । २३ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.४४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
आइतबार सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ११करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफको ७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन छ्याङ्गदी हाइड्रोपावर, भगवती हाइड्रोपावर रहेका छन् भने विजय लघुवित्त ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन स्वरोजगार लघुवित्त, रावा इनर्जी, मैलुङ्ग खोला जलविद्युत र सिंगटी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ।



