images
images

सर्वोत्तमको शेयरमा बुक बिल्डिङको आज अन्तिम दिन, कटअफको १०% छुटमा सर्वसाधारणलाई


  • 248
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    सर्वोत्तमको शेयरमा बुक बिल्डिङको आज अन्तिम दिन, कटअफको १०% छुटमा सर्वसाधारणलाई

    काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ प्रक्रियामार्फत् आईपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको शेयरमा आवेदन दिने आज अन्तिम म्याद हो । कम्पनीले संस्थागत लगानीकर्ता (बुक बिल्डर) का लागि खुला गरेको शेयर आवेदन आज बन्द हुन लागेको हो । 

    आजसम्म कम्तीमा १० जना संस्थागत लगानीकर्ताले गर्ने मूल्य बोलकबोलको आधारमा प्राप्त हुने कटअफ मूल्यका आधारमा सर्वसाधारणलाई बिक्री गरिने मूल्य निर्धारण हुनेछ । कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई बिक्री हुनेछ । 

    अहिले सर्वोत्तमले बोलकबोलका लागि ४०१ देखि ६०१.५० रुपैयाँ मूल्य तोकेको छ । आर्थिक वर्ष २०७९ ८० मा सर्वोत्तमको कमाइ ५.१३ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ ।


    images
    images

    Logo