images
images

कस्तो रह्यो यो साताको सेयर बजार ?


  • 355
    SHARES
  • २०८० मंसिर ९ गते शनिबार

    कस्तो रह्यो यो साताको सेयर बजार ?

    काठमाडौं । यस साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस साता ८.१२ प्रतिशत बढेर १ हजार ८ सय ६० दशमलव २० विन्दुमा पुगेको छ। यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन नेप्से घटेको थियो। 

    यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि बढेको छ। तिहार अघिको अन्तिम कारोबार दिन २८ खर्ब ६८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १५ अर्ब रुपैयाँ बढेर २८ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ।

    यस साता १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ। यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.३३ प्रतिशत बढेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८६ प्रतिशत घटेको छ। 

    यस साताको पहिलो दिन आइतबार छठ पर्व परेकोले सरकारले सार्वजनिक विदा दिएको थियो । सो कारणले शेयर कारोबार हुन सकेन । त्यस्तै, साताको दोस्रो दिन सोमबार १.३९ अंकले बढेर १ हजार ८ सय ५३ दशमलव ४८ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार २३.८२ अंकले घटेर १ हजार ८ सय २९ दशमलव ६५ विन्दुमा पुगेको छ । सो दिन ९५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो । बुधबार २०.६७ अंकले बढेर १ हजार ८ सय ५० दशमलव ३३ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, साताको अन्तिम दिन विहीबार ९.८७ अंकले बढेर १ हजार ८ सय ६० दशमलव २० विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता नेप्सेमा माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ। लाभांशको सिजन पनि चलिरहेको छ । अहिले सेयरधनी बन्नेले निकै छोटो समयमा लाभांश हात पार्न सक्नेछन् । त्यसो त लामो समयदेखि बजार घट्दोक्रममा नै रहेको छ । 

     

     

     


    images
    images

    Logo