images
images

नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत


  • 331
    SHARES
  • २०८० मंसिर ८ गते शुक्रबार

    नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न समयमा निष्कासन गरेका विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्कासन गरिएकोे विकास ऋणपत्र सूचीकृत भएको हो ।

    जसमा विकास ऋणपत्र ६ अर्ब ८० करोड रुपैयाँको २०८६ ‘ज’, १० अर्बको २०८६ ‘झ’, ८ अर्ब ८० करोडको २०८६ ‘ट’, ५ अर्ब ६० करोडको २०८६ ‘ञ’, ६ अर्ब ९५ करोडको २०८६ ‘ठ’, १० अर्बको २०८५ ‘ञ’ १३ अर्ब १० करोडको २०८५ ‘ग’, १० अर्बको २०८८ ‘ङ’ र १० अर्बकै २०८८ ‘घ’ रहेको छ । सबैको ब्याजदर ७ प्रतिशत रहेको छ ।

    nepse.jpg

     


    images
    images

    Logo