काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ बाँडफाँट गरेको हो।
क्यापिटलका अनुसार एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३ सय २५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।
मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ । जस अनुसार १७ हजार ८ सय ४५ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर , एक जनाले १०.१८ कित्ता शेयर र बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको थियो ।



