काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आज अर्थात् शुक्रबारदेखि सर्वसधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ७० करोडको २० प्रतिशत सेयर सार्वजनिक निष्कासन गरेको हो ।
कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी गरेको हो ।
अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई रहेको छ ।