images
images

नेप्से दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम १ अर्ब ३४ करोड  


  • 511
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    नेप्से दियो बढ्ने क्रमलाई निरन्तरता, कारोबार रकम १ अर्ब ३४ करोड  

    काठमाडौं । साताको अन्तिम दिन विहीबार नेप्से परिसुचक बढेर बन्द भएका छ । अघिल्लो कारोबार दिन अथात् बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो । 

    यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.८७ अंकले बढेर १ हजार ८ सय ६० दशमलव २० विन्दुमा पुगेको छ । आज २ सय ९२ स्क्रिपको १ अर्ब ३४ करोड रुपैयाँ बराबरका ४४ लाख २० हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार १ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । विहीबार १ सय ६१ कम्पनीको शेयर मूल्य बढेको छ । ६७ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर छ । 

    १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको हो।

    आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको १३ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै,  सोनापुर मिनरल्सको ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा जिआइसी इन्स्योरेन्सको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    विहीबार बुद्धभुमी नेपाल हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेको छ । थ्रि स्टार हाइड्रोपावरको ८.५८ प्रतिशतले बढेको छ । सिक्लेस हाइड्रोपावरको ८.५४ प्रतिशतले बढेको छ भने सानिमा रिलायन्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। हालसम्मकै कम लाभांश वितरण गर्ने घोषणा गरेको नबिल बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.।२० प्रतिशत घटेको छ।


    images
    images

    Logo