काठमाडौं । अपर बलेफी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबिच विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ ।
मंगलबार एक समारोहकाबिच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपर बलेफी हाइड्रोपावर लिमिटेडका अध्यक्ष उमेश कसजुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा गोल्याण ग्रुपको ऊर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा गोल्यान ग्रुपका प्रमुख वित्तिय अधिकृत संजय कुमार साहको उपस्थिति रहेको थियो ।
यस परियोजना सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ ।