images
images

२० अंकले बढ्यो नेप्से, १९५ कम्पनीको शेयर मुल्य बढ्दा १ अर्बमाथिकाे कारोबार


  • 396
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    २० अंकले बढ्यो नेप्से, १९५ कम्पनीको शेयर मुल्य बढ्दा १ अर्बमाथिकाे कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६७ अंकले बढेर १ हजार ८ सय ५० दशमलव ३३ विन्दुमा पुगेको छ । बुधबार २ सय ९४ स्क्रिपको १ अर्ब ८ करोड रुपैयाँ बराबरको ४२ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बुधबार १ सय ९५ कम्पनीको शेयर मुल्य बढेको छ । ४० कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । 

    बुधबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक सवै बढेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ३.४९प्रतिशत  बढेको छ। जलविद्युत कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै यस उपसमूहको परिसूचक २.३६ प्रतिशत बढेको छ। 

    त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

    आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भउको छ । आज यस कम्पनीको १० करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, प्राइम कमर्सियल बैंकको १० करोड २० लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । मुक्तिनाथ विकास बैंकको ५ करोड २२ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको ४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिटिलरीको ४ करोडमाथि शेयर कारोबार भएको छ ।

    बुधबार बुद्धभूमी नेपाल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, यस दिन पञ्चकन्या माइ हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत, थ्रिस्टार हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo