काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मंसिर ८ गते शुक्रबार बिहान एफपीओ बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय कित्ता एफपीओ निष्काशन गरेको हो । उक्त एफपीओमा ११ लाख २२ हजार ९ सय ११ जना आवेदकहरुले १ करोड २४ लाख ४३ हजार ६ सय ६० कित्ताका लागि आवेदन परेकाे थियाे । जुन मागभन्दा ६९.७३ गुणा बढी आवेदन हो।
मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिक अनुसार गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट हुनेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको थियो ।
साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।



