images
images

२ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 404
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । स्टान्डर्ड चार्टर्ड बैंक र आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते बुधबार अन्तिम दिन हो । 

    यी दुई कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

    आरएसडिसी लघुवित्तले मङ्सिर १५ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ८.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५२६ प्रतिशत नगद गरि कुल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले  मङ्सिर २४ गते आइतबार साधारणसभा आह्वान गरेको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । बैंकले आर्थिक बर्ष २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।   

    सम्बन्धित  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

     


    images
    images

    Logo