images
images

प्राधिकरणले उठायो ६५ लाख रुपैयाँ बक्यौता रकम, २ करोड २१ लाख उठ्न बाँकी


  • 409
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    प्राधिकरणले उठायो ६५ लाख रुपैयाँ बक्यौता रकम, २ करोड २१ लाख उठ्न बाँकी

    चितवन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले यही कात्तिक १२ गते देखि १६ गतेसम्ममा ६५ लाख २० हजार रुपैयाँ बक्यौता रकम उठाएको छ । 

    प्राधिकरणले ६० दिन कटेका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत यो बक्यौता उठाएको हो । केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार अभियानका क्रममा बिहीबारसम्म ३ सय ३० ग्राहकको लाइन काटिएको छ । सो क्रममा रु एक करोड चार लाख ३८ हजार बराबरको बक्यौता रकम बराबरको लाइन काटिएको हो । उनले भने, “लाइन काटिएकामध्ये ८० प्रतिशतले बक्यौता रकम बुझाउन आएका छन् ।”

    बक्यौता रकम पूर्णरुपमा नतिरे पनि एक सातादेखि एक महिनासम्मको भाकामा बक्यौता तिर्छु भनेर कबुल गरेर लाइन जडान गरेका छन् । लाइन काटिएकामध्ये २ सय ९७ ग्राहकले बक्यौता रकम बुझाएका छन् । आर्थिकमन्दीका कारण ग्राहकले समयमा पैसा बुझाउन नसकेको हुनसक्ने उहाँको भनाइ थियो । कतिपय ग्राहकले २० देखि ३० प्रतिशत मात्रै बक्यौता रकम बुझाउने गरेका छन् ।

    कार्यालयका अनुसार तीन हजार दुई सय ९४ ग्राहकको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ । उनीहरुको यही अभियानका क्रममा लाइन काटिने उहाँले जानकारी दिनुभयो । उनीहरुबाट १८ करोड ५३ लाख रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । केन्द्रले चालु आर्थिक वर्षको कात्तिक १६ गतेसम्म बक्यौता नतिर्ने ६ सय ३१ ग्राहकको लाइन काटेको छ । 

    उनीहरुबाट २ करोड २१ लाख ७८ हजार रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । अभियानअन्तर्गत लाइन काट्न थालेसँगै लाइन नकाटिएका ग्राहकसमेत महसुल तिर्न आउन थालेको उनले बताए ।


    images
    images

    Logo