images
images

भोलि काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने 


  • 412
    SHARES
  • २०८० कार्तिक १७ गते शुक्रबार

    भोलि काठमाडौंका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने 

    काठमाडौं । शनिबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सुचना जारी गर्दै स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मतका निम्ति विद्युत् आपूर्ति बन्द गर्न लागेको जनाएको हो ।

    सिंहदरबार परिसरभित्रका सबै कार्यालय, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल र रातोपुल क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यी क्षेत्रमा शनिबार बिहान ७ देखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ ।

    “यस नेपाल विद्युत् प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्न बन्द गर्नुपर्ने भएकोले सिंहदरबारस्थित के ३ सबस्टेसनबाट आपूर्ति हुने सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरू, जिल्ला प्रशासन कार्यालय समेत बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्साल, सेतोपुल, रातोपुल क्षेत्रमा मिति २०८०/७/१८ गते बिहान ०७ः०० बजेदेखि ११ः०० बजेसम्म तथा बागबजार विद्युत् आपूर्ति बन्द हुने व्यहोरा सम्पूर्ण महानुभावहरूलाई जानकारीका लागि अनुरोध छ,” प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ, “यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी छ ।”

    amfdmg-1698983785.jpg

     


    images
    images

    Logo