images
images

उपल्लो मुस्ताङमा ३३ केभी क्षमताको सवस्टेशन निर्माण हुने


  • 365
    SHARES
  • २०८० कार्तिक १० गते शुक्रबार

    उपल्लो मुस्ताङमा ३३ केभी क्षमताको सवस्टेशन निर्माण हुने

    जोमसोम । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–१ चराङ र वारागुङ मुक्तिक्षेत्र–३ चैलेमा नेपाल विद्युत प्राधिकरणले दुई वटा अलगअलग ३३ केभी क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । लामो समयदेखि मुस्ताङमा देखिएको विद्युतीय समस्या निराकरण गर्न र कोरला नाकासम्म भरपर्दो विद्युतीय सेवा उपलब्ध गराउन सवस्टेशन निर्माण गर्न लागिएको हो ।

    विद्युत प्राधिकरणले सवस्टेनका लागि कामसमेत अघि बढाइसकेको छ ।

    प्राधिकरणले मुस्ताङको थासाङ–२ कोवाङ देखि चैले हुँदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–१ चराङसम्म १०३ किमी दूरीमा ३३ केभी प्रशारणलाइन विस्तार गर्न थालेको हो ।

    यसका लागि प्राधिकरणले सन् २०२५ को जुलाईमा सम्पन्न गर्नेगरी ४ महिनाअघि जुलाई ६ मा ठेक्का सम्झौता गरेको थियो। २७ करोड ८६ लागतमा प्रदेशी हुलास जेभी कम्पनीले ठेक्का सम्झौता गरेको हो। यसका लागि अहिले मुस्ताङमा लाइनको पोल र तार जडानको काम भइरहेको छ।

     


    images
    images

    Logo