काठमाडौँ । नेकपा एमालेका चार सांसद पदमुक्त भएका छन् । सर्बोच्च अदालतले केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा अन्तरिम आदेश सुनुवाइ गर्दै पदमुक्त गरेको हो । पदमुक्त हुनेमा कर्णाली प्रदेशका प्रदेश सांसदहरु सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही र नन्दसिंह बुढा हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसदिय दलको निर्णय विपरित फ्लोर क्रस गर्ने काम लोकतान्त्रिक पद्धति एवं संस्कार र मान्यता विपरित रहेकाले अदालतले जेठ २७ गते दिएको अन्तरिम आदेशले निरन्तरता पाउन सक्ने अवश्था नदेखिएकोले अन्तरिम आदेश खारेज हुने निर्णय गरेको छ ।