images
images

सर्वोत्तमको शेयरमा वरिष्ठ उपाध्यक्षको नाम जोडिएपछि महासंघको ध्यानाकर्षण


  • 493
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    सर्वोत्तमको शेयरमा वरिष्ठ उपाध्यक्षको नाम जोडिएपछि महासंघको ध्यानाकर्षण

    काठमाडौं । सर्वोत्तम सिमेन्टको प्रोमोटर शेयर खरिदमा उपाध्यक्ष चन्द्र ढकालको नाम जोडिएपछि नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ती जारी गर्दै महासंघले सो शेयर खरिदमा स्वार्थ नबाझिने प्रष्ठ पारेको हो । 

    नेपाल धितोपत्र बोर्डमा ढकाल गत मंसिर ३० गते सदस्य तोकिए पनि माघ ११ गतेदेखि मात्रै उपस्थित रहेको भन्दै धितोपत्र बोर्डको प्रतिनिधि बन्नुभन्दा झन्डै २ महिना अगाडि नै शेयर खरिद गरिएकोले सो कारोबारलाई जोडेर प्रकाशित गरिएको समाचार भ्रामक भएको महासंघले जनाएको छ ।

    यस्तो समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भीर आ“च पु¥याउने हुदा सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण हुन महासंघ आग्रह गरेको छ । 

    यसअघि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद तथा ढकालका भाइ हेमराज ढकालले शेयर खरिद गरेको भन्दै यस्तो खरिद स्वार्थ बाझिने किसिमको भएको दाबी गर्दै समाचार सम्प्रेषण भएको थियो । 


    images
    images

    Logo