काठमाडौं । अर्थमन्त्री नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अथै मन्त्रालयले मौद्रिक नीति रोक्यो भन्ने हल्ला गलत भएको बताएका छन् । सोमबार इकोनोमिक मिडिया सोसाइटीसँगको भेटमा गभर्नर अधिकारीले मौद्रिक नीति ढिलोमा आइतबारसम्म आउने बताए ।
उनले मौद्रिक नीति ल्याउँदा धेरै पक्षलाई विचार गर्नुपर्ने भन्दै सरकारले बजेट नै संशोधन गर्ने तयारी गर्दा राष्ट्र बैंक आफैंले नीति सार्वजनिक गर्न ढिला गरेको बताए । अहिले मौद्रिक नीति अर्थमन्त्रालयको दवावमा रोकेको भन्ने हल्ला छ, जुन गलत प्रचार हो, बरु हामीले आपसी समझदारीमा रोकेका हौं, अब छिटोमा शुक्रबार र ढिलोमा आयतबारसम्म मौद्रिक नीति आउँछ,’ उनले भने ।
उनले मौद्रिक नीति सबैलाई राहत पुग्ने खालको आउने पनि बताए ।