images
images

पहुँच मार्ग आन्तरिक पर्यटकको रोजाइमा

  • 310
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    पहुँच मार्ग आन्तरिक पर्यटकको रोजाइमा

    महेन्द्रनगर । महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेको छ । भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी क्षेत्रमा पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेको छ ।

    युवापुस्ता दिनभरजसो उक्त सडकमा आउने र फोटो कैद गर्नुका साथै भिडियो र टिकटक बनाउनेको भीडभाड रहने गरेको स्थानीय रामबहादुर देउवाले बताए । “शनिबार त यहाँ सडकमा घुइँचो नै लागेको हुन्छ”, देउवाले भने, “चिल्लो सडक, छेउमा बग्ने महाकाली र बनिरहेको पुलले सबैलाई आकर्षित गरेको छ ।”

    यहाँ फोटो सेसनका लागि दैनिक २०० देखि एक हजार जनासम्म पुग्ने गरेको उहाँको भनाइ छ । सडक बनेको विभिन्न ठाउँमा युवायुवती समूहमा आएर टिकटक बनाउन निकै व्यस्त देखिन्छन् । पछिल्लो केही समययता सडकमा भीडभाड बढेपछि यहाँ आइसक्रिम, चटपटेलगायत किराना ससाना पसल सञ्चालनमा आएका छन् ।

    भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर देउपाले बाटो निर्माण पूरा हुन नपाउँदै युवाहरुको भीडभाड सो क्षेत्रमा बढेको बताए । “बिदाको दिन त यहाँ भीडभाडको सीमा नै रहँदैन”, उनले भने, “सडकमा जथाभावी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने र सामाजिक विकृति फैलिने खालका गतिविधिमाथि स्थानीय प्रशासनलाई निगरानी बढाउन अनुरोध गरिएको छ ।”

    उनले पुलसँगै निर्माण हुने चार वटा ठूलो पोखरीसमेत बने सो क्षेत्र पर्यटकीय गन्तव्य हुनेमा विश्वस्त रहेको बताएका छन् । “भीडभाड धेरै हुन थालेपछि अब दुई÷तीन दिनमा वडामा प्रहरी प्रशासनसित संयुक्त बैठक डाकेर छलफल गर्ने योजना छ”, उनले भने, “अनाश्वयक भीडभाडले दुर्घटनाको जोखिमसमेत बढेको छ ।”

    पुलसँगै वारितर्फ गड्डाचौकी र पारि दोधारा–चाँदनीमा डेढ किलोमिटर छ लेनको सडक निमार्णाधीन अवस्थामा रहेको छ । पुल निर्माण कम्पनीका इञ्जिनीयर किशोरराज पाण्डेयले सडकमा बढिरहेको भीडभाडले दुर्घटनाको जोखिम बढेको बताए। “चिल्लो सडक, महाकाली र पुलको मनोरम दृश्यले स्थानीयलाई लोभ्याएकै छ ।

    Logo