काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले मंगलबार २८ फर्ममाथि अनुगमन गरेको छ । मंगलबार बजार अनुगमनको क्रममा विभागले खाद्य बस्तु, तरकारी पसल, कपडा पसल, फर्निचर पसल, अन्य पसल र किराना पसललाई कारबाही गरेको हो ।
जसमा उनीहरुले खरिद बिजविजक नराख्नेलाई विभागले कारबाही गरेको हो । जसमा ७ वटा पसलेलाई नगद जरिवाना गरिएको छ । विभागले कुमारीपाटी रहेको मिनि मार्टलाई खरिद विल विजक नराखेको र सहयोग नगरेको भनेर २० हजार रुपैयाँ नगद जरिवाना गरेको छ ।
त्यस्तै, मध्यपुर थिमीमा रहेको फर्निचर एण्ड फिक्चर्सलाई १५ हजार रुपैयाँ नगद जरिवाना गरेको छ भने २ पसललाई १०/१० हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, ३ पसललाई ५/५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ । कतिपयलाई सामान्य निर्देशन दिएको छ ।



