images
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समय तालिका परिवर्तन 


  • 602
    SHARES
  • २०८० भाद्र २० गते बुधबार

    कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समय तालिका परिवर्तन 

    काठमाडौं । कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिर्वतन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एक सुचना जारी गर्दै असोज ६ र ७ गते हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा ९ र १० गते हुने जनाएको हो । 

    ग्रेडवृद्धि परीक्षा विहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ । असोज ९ गते मंगलबार अनिवार्य अङ्ग्रेजी र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीले जुनै विषयको परीक्षा दिन पाउने छन् । 

    दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफुले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्वर भएको विषय तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागीता हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिनुपर्ने बताइएको छ । 

    त्यस्तै, असोज १० गते बुधबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफुले परीक्षा दिने विषयहरु मध्येको ठुलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने बोर्डले जानकारी दिएको छ । 

    परीक्षामा सहभागी हुन चाहनेहरुले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने पनि सुचनामा उल्लेख छ । 

    2023-09-06-01-14-00-GRP-06Sep-01-(1)-(1)_page-0014-1693965761.jpg

     


    images
    images

    Logo