काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मुल्य घटेको छ । बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कायम भएको छ ।
मंगलबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य ३ सय रुपैयाँले घटेको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।