काठमाडौं । सनराइज क्यापिटलले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले क्यापिटलले असोज १० गते आफ्नो कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान १०ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले ३० प्रतिशत लाभांश पारित गर्नेछ ।
साथै, सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा मर्ज हुने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।