images
images

२५ हजार घुससहित विद्युत प्राधिकरण ईनरुवाका फोरम्यान पक्राउ


  • 403
    SHARES
  • २०८० भाद्र १९ गते मंगलबार

    २५ हजार घुससहित विद्युत प्राधिकरण ईनरुवाका फोरम्यान पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुससहित नेपाल विद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको छ ।

    महतोले उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    उनको साथबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुसबापतको रकम भेटिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी उनले दिए ।


    images
    images

    Logo