काठमाडौं । सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । सोलार बत्ती जडान लगायतका योजनाको रकम भुक्तानीका क्रममा घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले गाउँपालिकाका लेखापाल टेक नारायण यादव र एआईएस अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँ बराबरको चेकसहित पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा गाउँपालिकाका अध्यक्ष आफैंले घुस लिन लगाएको देखिएकाले अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा लगाएको हो ।