images
images

यस्तो देखियो ७ लघुवित्तको विवरण, नाफा १५% देखि ६६७% सम्म वृद्धि, कसको कति ?


  • 1.2K
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    यस्तो देखियो ७ लघुवित्तको विवरण, नाफा १५% देखि ६६७% सम्म वृद्धि, कसको कति ?

    काठमाडौं । थप ७ वटा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७ ७८ को वित्तीय विवरण प्रकाशित गरेका छन् । वोमी माइक्रोफाइनान्स, नयाँ सारथी लघुवित्त, समिट लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, मेरो माइक्रोफाइनान्स, सभिल लघुवित्त र थोक कर्जाको कारोबार गर्ने आरएसडीसी लघुवित्तको रिपोर्ट प्रकाशित भएको हो । 

    प्रकाशित वित्तीय विवरण अनुसार यो वर्ष वोमी माइक्रोफाइनान्सले नाफा ६ सय ६७ प्रतिशतले बढाएर १६ करोड भन्दा माथि पुर्याएको छ । त्यस्तै, सििभल लघुवित्तले आफ्नो नाफा ४ सय ७५ प्रतिशत वृद्धि गरी साढे ६ करोडभन्दा माथि पुर्याएको छ । 

    उता, ग्लोबल आईएमई लघुवित्तको नाफा २ सय ८३ प्रतिशतले बढेर २२ करोड ७६ लाख रुपैयाँ पुगेको छ । समिट लघुवित्तले पनि आफ्नो नाफाको आकार २ सय २ प्रतिशतले वृद्धि गरी ११ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ । मेरो माइक्रोफाइनान्सको नाफा १ सय ४६ प्रतिशत बढेर ४४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । 

    माइक्रोफाइनान्सको उच्च प्रगतिवा बाबजुद नयाँ नेपाल सारथी लघुवित्तको नाफा भने करिब ६१ प्रतिशत मात्रै बढेको छ । सो कम्पनीले आर्थिक वर्ष २०७७ ७८ मा १० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

    थोक कर्जाको कारोबार गर्ने आरएसडीसी लघुवित्तको नाफा भने यो वर्ष १५ प्रतिशतले मात्रै बढेको छ । यो वर्ष सो कम्पनीले ९ करोड १० लाख रुपैयाँ मात्रै नाफा कमाउन सकेको हो ।

    microfinance.jpg


    images
    images

    Logo