काठमाडौं । न्याय सेवा आयोगले उच्च पदस्थ कर्मचारीहरुको सरुवा गरेको छ । मंगलबार बसेको आयोगको वैठकले ३ जना सचिव सहित १७१ जनाको सरुवा र एकजनालाई सचिवमा बढुवा र पदस्थापन गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवमा सरुवा भएको छ । कानुन आयोगकी सचिव लीलादेवी गड्तौला (निरौला)को प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारी नेपाल कानुन आयोगमा सरुवा भएको छ ।
आयोगले फणीन्द्र गौतमलाई भने सचिवमा बढुवा गरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ ।
आयोगले १२ जना सहसचिवहरुको पनि बढुवा गरेको छ ।