images
images

२२ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ९ व्यापारीलाई नगद जरिवाना


  • 496
    SHARES
  • २०८० भाद्र १९ गते मंगलबार

    २२ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ९ व्यापारीलाई नगद जरिवाना

    काठमाडौं ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले सोमबार २२ फर्ममाथि अनुगमन गरेको छ । सोमबार बजार अनुगमनको क्रममा विभागले खाद्य बस्तु, तरकारी पसल, कपडा पसल, अन्य पसल र किराना पसललाई कारबाही गरेको हो । 

    जसमा उनीहरुले खरिद बिजविजक नराख्नेलाई विभागले कारबाही गरेको हो । जसमा ९ वटा पसलेलाई नगद जरिवाना गरिएको छ । विभागले ४ पसललाई २०÷२० हजार रुपैयाँ जरिवाना गरेको छ । १ पसललाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ भने बाँकी रहेका ४ पसललाई ५ हार रुपैयाँका दरले जरिवाना तिराएको छ । 

    नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ । कतिपयलाई सामान्य निर्देशन दिएको छ । 
     


    images
    images

    Logo