काठमाडौं । दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सझौता भारतीय मन्त्रिपरिषदद्वारा अनुमोदन भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा गएको बेला विद्युत व्यापारसम्बन्त्री दुई पक्षीय सहमति भएको थियो । तर भारतको मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी रहेकोले सोही सझौता अहिले मन्त्रिपरिषदबाट अनुमोदन गरेको हो ।
द्विपक्षीय बार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यमा भारतले नेपालबाट १० बर्षमा १० हजार मेगावाट विद्युत किन्ने घोषणा गरेका थिए । प्रधानमन्त्री तहको वार्तामै त्यसलाई छिट्टै मन्त्रिपरिषद्बाट पारित गरिने प्रतिबद्धता भारतले जनाएको थियो ।
नेपालले दीर्घकालीन विद्युत् व्यापार गर्ने प्रस्ताव भारत समक्ष राख्दै आएको थियो । प्रशस्तै ‘नेगोसिएसन’ पछि प्रधानमन्त्री दाहालको भ्रमणका बेला त्यस विषयलाई भारतीय प्रधानमन्त्री मोदीको वक्तव्यमा राखिएको थियो । गतसाता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो ।



