काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मुल्य घटेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।
सोमबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।