images
images

अरुण कावेलीको नाफा १६८ प्रतिशत बढ्यो, विद्युत् बिक्री बढ्दा रिपोर्टमा उत्साह


  • 311
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    अरुण कावेलीको नाफा १६८ प्रतिशत बढ्यो, विद्युत् बिक्री बढ्दा रिपोर्टमा उत्साह

    काठमाडौं । अरुण काबेली पावरको नाफा १ सय ६८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७७/७८ मा अरुण काबेलीले २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो नाफा १० करोड ७९ लाख ७७ हजार रुपैयाँ मात्रै थियो । 

    अरुण काबेलीले यसरी नाफा कमाउनुमा विद्युत् बिक्रीबाट प्राप्त हुने नाफा पहिलो कारण रहेको छ । अघिल्लो वर्ष ४० करोडको विद्युत् बिक्री गरेको सो कम्पनीले यो वर्ष बिक्री ७० करोड पुर्याएको छ । 

    सो कम्पनीले कमाएको नाफाका आधारमा कम्पनीको प्रतिशेयर आम्दानी १८.२८ रुपैयाँ हुन आउँछ ।  


    images
    images

    Logo