काठमाडौं । नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । एशिया कप क्रिकेट अन्तर्गत श्रीलंकामा जारी एकदिवसीय खेलमा नेपालले उक्त लक्ष्य दिएको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४८.२ आभेर खेल्दा सबै विकेट गुमाएको थियो । नेपालका लागि आसिफ शेखले ५६ रनसहित अर्धशतक बनाउँदा सोमपाल कामीले ४८ रन, कुशल भुर्तेलले ३८ रनको योगदान गरे ।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २९, गुल्सन झाले २३ रनको योगदान दिँदा बाँकी ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालले उक्त खेलमा ४ छक्का १८ चौका हानेको छ । उता भारतका लागि मोहम्मद सिरज र रविन्द्र जादेजाले ३/३ विकेट लिए । सोमपाल कामी २ रनले दोस्रो अर्धशतक बनाउनबाट चुकेका छन् । भारतविरुद्ध जारी खेलमा उनले २ छक्काको सहायताले ४८ रन बनाएर आउट भए ।



