images
images

भारतविरुद्धको खेलमा नेपाललाई छैटौँ झट्का


  • 525
    SHARES
  • २०८० भाद्र १८ गते सोमबार

    भारतविरुद्धको खेलमा नेपाललाई छैटौँ झट्का

    काठमाडौं ।  पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ  विकेट गुमाएको छ । ३१ दशमलव ५ ओभरमा एक सय ४४ रन बनाउँदा नेपालले छैटौँ विकेट गुमाएको हो । 

    श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले ३५ बलमा तीन चौकाको मद्दतमा २३ रन जोड्दै भारतका मोहम्मद सिराजको बलमा आउट भएका हुन् । 

    नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो । कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए । त्यस्तै आशिफ शेखले सर्वाधिक ५८ रन जोड्दै आउट भएका थिए । 


    images
    images

    Logo