images
images

गेग्रानले पुरियो मेलम्चीको मुहान, कम्तीमा डेढ महिना काठमाडौंमा पानी नआउने


  • 892
    SHARES
  • २०८० भाद्र १८ गते सोमबार

    गेग्रानले पुरियो मेलम्चीको मुहान, कम्तीमा डेढ महिना काठमाडौंमा पानी नआउने

    काठमाडौं । साउन दोस्रो साता लगातारको वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवक्र्स) कम्तीमा १५ मिटर गेग्रानको थुप्रोले पुरिएको छ । बाढीसँगै आएको लेदो माटो, ढुंगा र बालुवाको गेग्रान पानी जाने सुरुङको मुख र आसपास क्षेत्रमा थुप्रिएको हो । 

    उक्त वर्षासँगै आएको लेदोले गत वर्ष बनाएको संरचना पुरिएको छ । वर्षाले हेडवर्क्समा क्षति पुर्‍याएपछि आयोजनाका प्राविधिकले अनुमान गरेभन्दा ठूलो क्षति भएको आयोजनाले जनाएको छ ।  

    बाढीले सडक तथा गोरेटो बाटोसमेत बगाएकाले आयोजनाका कर्मचारी हेडवर्क्ससम्म जान नसकेको आयोजनाको कार्यकारी निर्देशक कमल श्रेष्ठ बताए । केकति क्षति भयो भन्ने थाहा पाउन करिब ३ सय मिटर टाढाबाट ड्रोनबाट हेर्दा मुहानको हेडवर्क्स पुरिनुका साथै अन्य संरचनामा ठूलो क्षति पुगेको देखिएको श्रेष्ठले बताए । 

    मुहानको हेडवर्क्स नै पुरिएपछि सुरुङमार्फत पानी पठाउन नसक्दा काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गर्न नसकिएको आयोजनाले जनाएको छ । पहुँच मार्ग निर्माणको काम वर्षा रोकिएसँगै सुरु गर्ने र त्यसको कम्तीमा एक महिना अस्थायी रूपमा सुरुङमा पानी पठाइने बताइएको छ  ।  

    अस्थायी रुपमा सुरुङमार्गमा पानी पठाउन कम्तीमा डेढ महिना लाग्ने खानेपानी मन्त्रालयले जनाएको छ । पानी रोकिएसँगै मुहानसम्मको पहुँचमार्ग खुला गर्ने काम हुने र त्यसको करिब डेढ महिनाभित्र हेडवर्क्सको मर्मतलगायतका काम सकेर पानी पुनः सुरुङमा पठाउन सकिने मन्त्रालयले जनाएको छ ।  


    images
    images

    Logo