काठमाडौं । सर्वोच्च अदालतले जातीय आधारमा दिँदै आएको आरक्षणसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न आदेश दिएको छ । न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र आनन्दमोहन भट्टराईको आइतबार इजलासले यस्तो आदेश दिएको हो ।
धनुषा जिल्ला जनकुरधाम घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका बस्ने विनयकुमार पञ्जियारले दायर गरेको मुद्दामा सर्वोच्चले यस्तो फैसला गरेको छ ।
यो फैसलासँगै अहिले जातीय र वर्गीय आधारमा दिइदै आएको आरक्षणलाई परिमार्जन गर्नु पर्नेछ ।