images
images

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक जनाको मृत्यु


  • 682
    SHARES
  • २०८० भाद्र १८ गते सोमबार

    वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक जनाको मृत्यु

    काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक जनाको मृत्यु भएको छ । मृतक आइतबार बिहान राती अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालले जनाएको हो ।

    सो घटना आज बिहान करिब २/३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी माथि तलामा गएर हाम फालेका थिए । 

    खोजतलास गर्दा ति व्यक्ति अस्पतालमा भर्ना भएको बिरामी र कुरूवा हो भन्ने पुष्टी भएन । थप अनुसन्धान भैरहेको र मृतकको शव प्रहरीले मुचुल्का उठाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ ।

     

     


    images
    images

    Logo