images
images

मेगा बैंकको एकैदिन ६ वटा शाखा विस्तार


  • 250
    SHARES
  • २०७८ श्रावण १७ गते आइतबार

    मेगा बैंकको एकैदिन ६ वटा शाखा विस्तार

    मेगा बैंक नेपालले एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो ।

    प्रदेश नम्बर १ मा इटहरी उपमहानगरपालिका लविपुरमा बैंकले नयाँ शाखा खोलेको छ । बागमती प्रदेशको नुवाटास्थित विदुर नगरपालिका बट्टारमा, भरतपुर महानगरपालिका विकास चोकमा र भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

    त्यस्तै लुम्बिनी प्रदेशमा नेपालगञ्ज उपमहानगरपालिका कारकाँदोमा र सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिका एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । 

    यी शाखाहरुमा बैंकिङ कारोबारको सुरु भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए । यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ । छिटै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको बैंकले जनकारी दिएको छ ।


    images
    images

    Logo