images
images

दाङमा एटिएम मेसिन फुटाउन खोज्ने दुई युवक पक्राउ


  • 330
    SHARES
  • २०७८ श्रावण १७ गते आइतबार

    दाङमा एटिएम मेसिन फुटाउन खोज्ने दुई युवक पक्राउ

    दाङ । कुमारी बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवक पक्राउ परेका छन् । प्रहरीले घोराही बजारमा रहेको बैंकको  एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

    उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको दाङ प्रहरी प्रवक्ता रिजाले जानकारी दिए । त्यसलगत्तै फरार रहँदै आएका उनीहरूलाई प्रहरीले साउन १६ गते राति घोराही–१५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo