images
images

नेपालका चार प्रतिनिधि एशियन महासङ्घमा निर्वाचित


  • 234
    SHARES
  • २०८० भाद्र १७ गते आइतबार

    नेपालका चार प्रतिनिधि एशियन महासङ्घमा निर्वाचित

    काठमाडौं । एशियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारणसभामा नेपालका चार जना प्रतिनिधि विभिन्न पदमा चयन भएका छन् ।
     
    नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजनामा काठमाडौँमा भइरहेको ५५ औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअन्तर्गत एशियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारणसभाले महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्ष पदमा चयन गरेको हो । 
     
    यसैगरी महसङ्घका उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेशनको उपाध्यक्ष, महासङ्घका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासङ्घको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनीत गरको महासङ्घका सचिव दिनेश राजभण्डारीले जानकारी दिए । 
     
    सबै निर्वाचित सदस्यहरुको कार्याकाल चार वर्षको हुनेछ । नेपालमा आयोजना हुने एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअघि साधारणसभा भएको हो । उक्त प्रतियोगिताको खेल भने भोलि हुनेछ । 


    images
    images

    Logo